बागमती प्रदेश: प्रचण्ड–माधव समूहका सांसद्हरुको नाराबाजी

हेटौडा न्युज
१९ माघ २०७७, सोमबार १५:०८
;

मकवानपुर । बागमती प्रदेशका प्रचण्ड– माधव समूहका प्रदेशसभा सदस्यहरुले प्रदेश सभा सचिवालय अगाडी नारावाजी गरेका छन् ।

बागमती प्रदेश सभाको बैठक बोलाउन माग गर्दै आज हेटौँडास्थित प्रदेशसभा सचिवालय अगाडि प्रदेश सभा सदसयहरुले नाराबाजी गरेका हुन् ।

आज बस्ने तय भएको बैठक अकस्मात र विनाकारण स्थगित गरिएको विरोधमा प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका हुन् ।

उनीहरूले ‘अल्पमतको सरकार राजीनामा दे’ भन्दै नारा लगाएका छन् ।

आजको लागि तय भएको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविस्वासको प्रस्तावमाथि छलफल गर्ने तयारी गरिएको थियो । तर, सभामुख सानुकुमार श्रेष्ठले हिजो आइतबार राति नै बैठक फागुन पहिलो सातासम्मका लागि स्थगित भएको भन्दै सूचना जारी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*