बागमती प्रदेश सभा आजबाट चौथो बर्षमा

हेटौडा न्युज
१८ माघ २०७७, आईतवार १६:११
;

मकवानपुर । बागमती प्रदेश सभाले आफ्नो तेश्रो बार्षिकोत्सव कार्यक्रम गरेको छ । गत २०७४ माघ १८ गते नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको मिति अनुसार आज तेश्रो बार्षिकोत्सव कार्यक्रम गरिएको हो ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा छैठौं अधिवेशनको समयावधिमा सबै बैठकमा उपस्थित प्रदेश सभा सदस्यहरु, सचिवालयमा उतकृष्ट कार्यगर्ने कर्मचारी तथा सुरक्षा कर्मीहरुलाई पुरष्कृत समेत गरिएको थियो ।

बार्षिकोत्सव कार्यक्रममा सबै बैठकमा उपस्थित हुने प्रदेश सभा सदस्यहरु गोमा भुर्तेल, बसन्त मानन्धर, चन्द्र लामा, सीता अधिकारी, नरोत्तम बैद्य, रमेश पौडयाल, पार्वती सिलवाललाई प्रशंसा पत्र प्रदान गरिएको थियो । त्यस्तै आफूलाई दिएको जिम्मेवारी इमान्दारिता पूर्वक र अनुशासित ढले पूरा गर्ने कर्मचारीहरुलाई पनि पुरष्कृत गरिएको थियो । पुरष्कृतहूनेमा पूर्व सचिव रामशरण घिमिरे, कम्प्युटर अधिकृत प्रशान्त भोजू, अधिकृत सुन्दर पन्त, खरिदार मीना तिमल्सिना, दामोदर घिमिरे, उपमर्यादापालक निराजन ढकाल, सहायक मर्यादापालक लक्ष्मी विष्ट, प्रहरी जवान योगेन्द्र थापा मगरलाई पुरष्किृत गरिएको थियो ।

बार्षिकोत्सव समारोहको अवसरमा सचिवालयारा प्रकाशित प्रदेश सभा दर्पण (चौथो अंक) को लोकार्पण पनि गरिएको थियो ।

बागमती प्रदेश सभाबाट हालसम्म ५९ वटा विधेयक, २ वटा अध्यादेश पारित भएका छन् । सचिवालयमा २२ जना कर्मचारी, ५५ जना नेपाल प्रहरी कार्यररत रहेको सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*