प्रचण्ड–नेपाल पक्षका ३ र ओलीका ७ नेता निर्वाचन आयोग जाँदै

हेटौडा न्युज
१६ माघ २०७७, शुक्रबार ११:३५
;

छलफलका लागि नेकपाका दुवै पक्ष आज निर्वाचन आयोग जाँदै छन् । आयोगले हिजो गरेको पत्राचारअनुसार दुवै पक्षका नेताहरु आयोग जान लागेका हुन्।

आयोगले निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्न दुवै पक्षका ५÷५ प्रतिनिधिलाई बोलाएको थियो । आयोगले दुवै पक्षका नेताहरुलाई आज साढे ११ बजे कार्यालय उपस्थित हुन भनेको थियो ।

आयोगले ५÷५ जनालाई बोलाएको भए पनि प्रचण्ड–नेपाल पक्षबाट ३ तथा ओली समूहबाट भने ७ जना जाने तयारी गरेका छन्।

जसअनुसार प्रचण्ड–नेपाल समूहबाट राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान निर्वाचन आयोग जाँदै छन्।

अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल नै जाने तयारी भए पनि उनीहरु अहिले उपत्यकाभन्दा बाहिर रहेकाले ३ जना मात्र जान लागिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

उता ओली पक्षबाट भने महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङसहित ७ जना जाने तयारीमा छन्।

अन्यमा कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल तथा कानुनविदहरु बाबुराम दाहाल र रमेश बडाल निर्वाचन आयोग जाँदै छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*