पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु

हेटौडा न्युज
१५ माघ २०७७, बिहीबार ११:३२
;

काठमाण्डौ । निर्वाचन आयोगले देशैभर मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गर्दैछ । आयोगले आजदेखि देशैभरका पालिकाबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गर्ने भएको हो ।

आयोगका अनुसार आज सबै पालिकाहरुको केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्न सूची प्रकाशित हुने जनाएको छ ।

भोलि र पर्सि दुई दिन यो नामावलीमाथि दाबी विरोध गर्न पाइनेछ । नामथर त्रुटि भएमा सच्याउन निवेदन दिने, ज्यान गुमाएका वा बसाइ सरेर गएका र दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिने तथा झुट्टा विवरण दिएर कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसविरुद्ध उजुरी दिन सकिने आयोगले जनाएको छ ।

आउँदो २१ गतेसम्म नामावली अद्यावधिक गरिने जनाइउको छ । यसपछि मतदाताको नामावली जिल्ला जिल्लामा पुग्ने छ र जिल्लाले निर्वाचन आयोगमा मतदाता नामावली पठाउने छ।

आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो ।

आउँदो वैशाख १७ र २७ गतेका लागि सरकारले घोषणा गरेको चुनावको लागि आयोगले तयारी गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*