सानेपामा नेवि संघको प्रदर्शन

हेटौडा न्युज
१३ माघ २०७७, मंगलवार १५:१२
;

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ)ले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरिरहेको छ। केन्द्रीय समिति बैठक अघि नेवि संघले निर्वाचित नेतृत्वको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेको हो ।

नेविसंघलाई निर्वाचित नेतृत्व दिनुपर्ने र त्यसका लागि महाधिवेशनको मिति तत्काल घोषणा गर्नुपर्ने माग राख्दै असन्तुष्ट समूहले कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन गरिरहेका हुन।

सभापतिज्यू हाम्रो नेविसंघ कता खोइ ?’ ‘नेविसंघ महाधिवेशन कहिले हुन्छ रु’ ‘विधानको प्रावधान ३२ वर्षे कता छ ?’ जस्ता प्लेकार्ड बोकेर पार्टी केन्द्रीय समिति बैठक चलिरहेको बेला प्रर्दशन गरेका हुन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*