प्रधानमन्त्री ओलीविरुद्ध अदालतमा अपहेलना मुद्दा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन्। प्रतिनिधिसभा विघटन विरुद्ध अदालतमा विचाराधीन मुद्दामा अदालत तथा वरिष्ठ अधिवक्ताहरुको प्रधानमन्त्रीले मानमर्दन गरेको भन्दै मुद्दा दर्ता गरिएको हो।
आज अधिवक्ता कञ्चन कृष्ण न्यौपानेले सर्वोच्चमा प्रधानमन्त्री विरुद्ध मुद्दा दर्ता गराएका हुन् ।
माघ ९ गते केपी शर्मा ओलीले कार्की व्याङ्क्वेट भएको एक कार्यक्रममा अदालत तथा वरिष्ठ अधिवक्ताको मानमर्दनमा असर पर्ने गरी अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।
अदालतमा दर्ता भएको निवेदनमा सर्वोच्च अदालतमा बहस गर्ने अधिवक्तालाई प्रधानमन्त्रीले दुर्मुखा एवम् वकिलले कुरा फिटेका फिट्यै छन् जस्ता शब्द प्रयोग गरेको उल्लेख छ।
ुकेही वकिलहरुले एक जना वाजे वकिललाई लिएर गएछन्। त्यमास गर्ने के तमासा होरुु भन्ने ओलीको प्रश्नलाई पनि निवेदनमा उल्लेख गरिएको छ। अशिष्ट एवम् अमर्यादित भाषाको प्रयोग गरी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी एवम् अदालतको समेत मानमर्दन गरी अवहेलना गरेकाले निवेदन पेश गरेको उल्लेख छ।
अदालत प्रशासनले केही समयको छलफलपछि निवेदन दर्ता गर्ने निर्णय गरेको थियो।