बलात्कार आरोपमा वडा अध्यक्ष पक्राउ

हेटौडा न्युज
१२ माघ २०७७, सोमबार १८:४४
;

मकवानपुर । रामेछाप मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्ष भरतबहादुर बोहोरालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत भक्तपुरको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा पक्राउ गरेको हो । बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दामा आवश्यक अनुसन्धानका लागि

दर्ता गरिएको र अध्यक्ष बोहोरालाई उनलाईमहानगरीय प्रहरी वृत ठिमीमा ल्याईएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिएका छन् । प्रहरीका अनुसार बोहोरासँग परिचित एक महिलाले केहीदिन अघि आफ्नो डेरामा आई आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिईन् ।

मदिराले मातेर आफूलाई बलात्कार गरेको पीडित महिलाको दाबी रहेको छ । पक्राउ परेका अध्यक्ष बोहोरालाई अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाईएको प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*