मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबल हुँदै

हेटौडा न्युज
९ माघ २०७७, शुक्रबार १३:०८
;

बागमती प्रदेश सभा बैठक अहिले बसिरहेको छ । बुधबार सातौँ अधिवेशन सुरु गरेसँगै स्थगित गरिएको बागमती प्रदेश सभा बैठक अहिले दिउँसो १ बजेबाट सुरु भएको हो ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूले तत्काल बैठक बोलाएर मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासमाथि छलफल अघि बढाउन आग्रह गरेपछि बैठक बोलाइएको जनाइएको छ ।

बुधबार अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज बस्ने बैठकमा मुख्यमन्त्री पौडलविरुद्ध सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

पुस १० गते प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

प्रदेश सभामा अविश्वासको प्रस्तावमाथि छलफल सुरु गरिने भएपछि दलहरूले आन्तरिक तयारी सुरु गरेका छन् । विशेषगरी अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–नेपाल समूहले बैठकमा सरकारविरुद्ध चर्को आलोचनाका साथ प्रस्तुत हुने तयारी गरेको स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*