निर्वाचन सुरक्षा रणनीति बनाउँदै गृह

हेटौडा न्युज
७ माघ २०७७, बुधबार १४:२४
;

काठमाडौं । गृह मन्त्रालयले निर्वाचन कन्द्रित सुरक्षा योजना बनाउन सुरु गरेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारीका लागि सबै सुरक्षा निकायका केन्द्रदेखि इलाका तहसम्म ‘निर्वाचन सेल’ गठन गरिएको गृहले जनाएको छ ।

गृहका अनुसार सरकारबाट निर्वाचनको मिति घोषणाभए लगतै सुरक्षा योजना बनाउने कार्य थालेको हो ।

गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय मातहतका सबै प्रहरी कार्यालय, सशस्त्र प्रहरी र त्यसमातहतका सम्पूर्ण सशस्त्र प्रहरी कार्यालय तथा राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनको तयारीमा लाग्न निर्देशित गरिसकेको जनाइएको छ ।

गृहले सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा निर्वाचन सुरक्षा योजना तयार पार्नका लागि कार्यदल बनाएको छ । उक्त कार्यदलमा नेपाली सेनाका महासेनानी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट डीआईजीहरू रहेका छन् ।

कार्यदलले मतदान स्थलहरूको निरीक्षण गरी विप्लव समूहको गतिविधि भए÷नभएको, राजनीतिक दलहरूबीच अन्तरद्वन्द्वको अवस्था, सीमावर्ती क्षेत्र हो कि, भौगोलिक विकटता, यातायातको सुविधा, सञ्चार सुविधा, विगतमा निर्वाचन भाँड्ने, मतदान अवरोध गर्ने क्रियाकलाप भएको छ कि छैन जस्ता कुरा बुझेर त्यहाँको थ्रेट (सुरक्षा जोखिम) विश्लेषण गर्ने काम गरिरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*