बागमती प्रदेश सभा बैठक आज बस्दै, कालो मास्क लगाउन निषेध

हेटौडा न्युज
७ माघ २०७७, बुधबार ११:४६
;

मकवानपुर । बागमती प्रदेशको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे बागमती प्रदेश सभाको सातौँ अधिवेशन बैठक प्रदेशसभा सचिवालयमा बस्ने भएको हो ।

कडा सुरक्षा व्यवस्थाका बिच बैठक बस्ने जनाइएको छ ।

संसद सचिवालयका अनुसार संसद् भवनभित्र छिर्नेहरुलाई कालो मास्क लगाउन नदिने गरी मर्यादापालक र प्रहरीलाई निर्देशन दिइएको छ ।

आज बस्ने अधिवेशन बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धि पत्र पढेर सुनाउने, विद्येयक प्रमाणीकरणको पत्र पढेर सुनाउने, प्रदेश प्रमुखको कार्यभार तोकेको पत्र पढेर सुनाउने, सातौँ अधिवेशनको अवसरमा प्रत्येक दलका नेताले शुभकामना दिने र दस्तखतसहित भत विभाजनसम्बन्धि कार्यविधि स्वीकृत गर्ने कार्यसूचि रहेको छ ।

हिजो मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिले ३ बजेका लागि आवश्यक सम्भावित कार्यसूचि तयार गर्ने निर्णय गरेको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमाथिको अविस्वासको प्रस्तावबारे निर्णय गर्न कार्यविधि समिति गठन गरिएको छ ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रस्तावबारेको मत विभाजनका लागि कार्यविधि बनाउन अविस्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले नेकपाका मुख्य सचेतक केशव पाण्डे, सचेतक बुद्धिमान माझी, नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङ्दोर्जे लामा, सांसद राजेन्द्र पाण्डे, गणेश दुलाल, रिता माझी, रिना गुरुङ्, शोभा शाक्य, र प्रदेशसभाका सचिव कृष्णहरि खड्का रहने गरी समिति गठन गरिएको हो ।

बागमती प्रदेश सभामा मत विभाजनको कार्यंविधि बनाएर मात्र मुख्यमन्त्री पौडेलमाथिको अविस्वासको प्रस्तावमा मतदान गर्न सुझाव आएको थियो । प्रदेशसभा संचालनको लागि मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अविस्वाको प्रस्तावसम्बन्धि मतदानका लागि कार्यविधि बनाउने बारे सुझाव आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*