प्रधानमन्त्री ओलीलाई प्रचण्ड–नेपाल समुहको स्पष्टीकरण पत्र

हेटौडा न्युज
५ माघ २०७७, सोमबार १७:११
;

काठमाडौं । केपी शर्मा ओलीसँग स्पष्टीकरण सोधिएको पत्र बोकेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्राचार गरिएको पत्र बोकेर पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुगेका हुन् ।

नेकपाको स्थायी कमिटी बैठकको निर्णयअनुसार ओलीलाई आज पत्र बुझाएको हो ।

प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरे पनि केन्द्रीय समिति सदस्यमा यथावत राखेको थियो । अझै पनि पार्टी हित विपरीतका गतिविधि जारी राखेको भन्दै पार्टीको साधारण सदस्यबाटै किन नहटाउने रु भनेर स्पष्टीकरण सोध्ने निर्णय प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले गरेको थियो ।

पार्टीविरोधी गतिविधि गरेकाले तपाईंलाई कारबाही किन नगर्ने । तीन दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण दिनुहोला । पत्रमा उल्लेखित व्यहोराबारे ढकालले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपा विभाजित भएको छ । यद्यपि निर्वाचन आयोगबाट विभाजनले आधिकारिकता पाउन भने बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*