हेटौंडामा माघ ३ गते काँग्रेसले विरोध सभा गर्ने

हेटौडा न्युज
२ माघ २०७७, शुक्रबार १७:३७
;

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस मकवानपुरले भोलि हेटौंडाको शीतलमहल चोकमा विरोध सभा गर्ने भएको छ ।

पार्टीको जिल्ला कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै नगर सभापति आनन्दराम पराजुलीले विरोध सभाको जानकारी दिएका हुन् । फरेष्ट्री क्याम्पसको गेटमा जम्मा भई विरोध र्याली सहित बजार परिक्रमा गर्दै दिउँसो १ बजे हेटौंडा–४ स्थित शीतलमहल चोकमा विरोध सभा गरिने बताईएको छ ।

कांग्रेसको विरोधसभा कार्यक्रम अन्र्तगत माघ ३ गते देशभरका ७ सय ५३ वटै स्थानीय निकायहरु र माघ ८ गते ७ सय ५३ स्थानीय निकायको ६ हजार ७ सय ४३ वडाहरुमै विरोध प्रदर्शन एवं विरोध सभा गर्ने भएको छ ।

कांग्रेस मकवानपुरको पदाधिकारी बैठकले विरोध प्रदर्शन तथा विरोधसभाका लागि हेटौंडा उपमहानगरपालिकामा कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने र थाहा नगरपालिकामा जिल्ला सल्लाहकार जयराम लामिछानेलाई जिल्ला प्रतिनिधि समेत तोकेको छ ।

काँग्रेसले मकवानपुरको १० वटै स्थानीय तहमा विरोध सभाका लागि बागमती गाउँपालिकामा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, बकैया गाउँपालिकामा प्रवक्ता प्रदिप कोइराला, मकवानपुरगढी गाउँपालिकामा सहसचिव रामबाबु बानियाँ र भीमफेदी गाउँपालिकामा सल्लाहकार रिता खनाललाई, ईन्द्रसरोवर गाउँपालिकामा जिल्ला सचिव बुद्ध लामा, कैलाश गाउँपालिकामा सल्लाहकार प्रभातकुमार दहाल, राक्सीराङ गाउँपालिकामा सल्लाहकार उमा दाहाल र मनहरी गाउँपालिकामा प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याललाई जिल्ला प्रतिनिधि तोकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*