प्रचण्ड–माधव समूहको स्थायी कमिटी पेरिसडाँडामा

हेटौडा न्युज
१ माघ २०७७, बिहीबार ११:४९
;

काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक बिहिबार (आज) दिउँसो ३ बजे पेरिस डाँडामा बस्ने भएको हो ।

प्रचण्डको सचिवालयका अनुसार संसद् विघटन विरुद्धको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

विभिन्न चरणमा आन्दोलन गरिरहेको उक्त पक्षको आज बस्ने बैठकले आन्दोलनका थप कार्यक्रम तय गर्न जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*