प्रधानमन्त्री ओलीलाई संविधान पठाउँदै प्रचण्ड–माधव समुह

हेटौडा न्युज
२४ पुष २०७७, शुक्रबार ११:३२
;

काठमाडौं । नेकपाको (प्रचण्ड–माधव) पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ। शुक्रबार देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउने भएको हो ।

विरोधपत्रका साथमा प्रधानमन्त्रीलाई संविधानको पुस्तकसमेत दिने र राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्चाउन अनुरोध गरिनेछ ।

संसद भंग गर्ने प्रधानमन्त्रीको निर्णयको विरोध गर्दै पुर्व घोषित कार्यक्रमअनुसार सवै जिल्लामार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको हो ।

नेकपाको सो पक्षले प्रतिनिधिसभा बिघटनविरुद्ध कानूनी तथा अन्य संघर्षका कार्यक्रम संचालन गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*