सभामुखले प्रतिनिधिसभा विघटनबारे जवाफ पेश गर्दै

हेटौडा न्युज
१९ पुष २०७७, आईतवार १२:१२
;

काठमाडौं । प्रतिनिधि सभाका सभामुखले आज प्रतिनिधिसभा विघटनबारे जवाफ पेश गर्ने भएका छन् । सर्वोच्च अदालको संवैधानिक इजलासमा सभामुखले जवाफ पेश गर्ने भएका हुन् ।

इजलासको कारण देखाऊ आदेश जारी गरेपछि सभामुख कार्यालयले पेश गर्ने भएका हुन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सोविरुद्ध दायर रिटमा संवैधानिक इजलासले सो आदेश दिएको थियो ।

जसअनुसार पुस १९ अर्थात् आजसम्ममा महान्यायाधिवक्ता कार्यालयमार्फत संसद् विघटनका सम्बन्धमा लिखित जवाफ पेस गर्न भनेको थियो ।

संवैधानिक इजलासले लिखित जवाफ आइसकेपछि पुस २२ गतेबाट प्रतिनिधिसभा विघटनविरुद्ध दायर करिब डेढ दर्जन मुद्दामा नियमित सुनुवाइ गर्ने गरि पेसी तोकिसकेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुनेछ ।

सभामुख अग्नि सापकोटा भने संसद् विघटनको विपक्षमा छन् ।

उनले अहिलेको संविधानअनुसार सरकारलाई संसद विघटनको अधिकार नभएको प्रत्युत्तर पठाउने तयारीमा रहेको बताएका छन् ।

त्यस्तै, संवैधानिक इजलासले सरकारविरुद्ध दायर अविश्वासको प्रस्ताव दर्ता भएको मिति, समय र विघटनअघिको प्रतिनिधिसभा सदस्हरुको दलको प्रतिनिधित्व खुल्ने गरी नाम र संख्यासहितको पूर्ण विवरण पनि संसद् सचिवालयसँग माग गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी वैशाख ७ र १७ गते दुई चणमा निर्वाचन गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*