वायु प्रदूषणका कारण एकैवर्षमा १६ लाखबढी मानिसको मृत्यु

हेटौडा न्युज
१० पुष २०७७, शुक्रबार १४:५३
;

काठमाडौं । भारतमा सन् २०१९ मा १६ लाख ७० हजार मानिसको मृत्युमा वायु प्रदूषण कारक देखिएको छ ।

भारतको सरकारी संस्था इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर)को एक रिपोर्टका अनुसार वायु प्रदूषणको कारण सन् २०१९ मा भारतलाई २६ खर्ब भारु पनि नोक्सानी भएको छ ।

आईसीएमआरले सार्वजनिक गरेको प्रतिवेदनमा मानिसहरुको मृत्यु, उनीहरुको रोग र उनीहरुको प्रदूषित वातावरणमा बसेको अवधिको अध्ययन गरिएको थियो । अध्ययनको क्रममा फोक्सोको समस्याबाट मृत्यु हुने मानिसहरुमध्ये ४० प्रतिशतको कारण वायु प्रदूषण थियो ।

त्यस्तै मुटुको रोग, मधुमेह र समयभन्दा पहिला जन्मिने नवजात शिशुको मृत्युमा पनि वायु प्रदूषण ६० प्रतिशतसम्म जिम्मेवार पाइएको थियो । सन् २०१९ मा भारतमा भएको समग्र मृत्युमध्ये १८ प्रतिशतको कारण वायु प्रदूषण थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*