संसद विघटनको मुद्दा संवैधानिक इजलासमा, सर्वोच्चले दिएन अन्तरिम आदेश

हेटौडा न्युज
८ पुष २०७७, बुधबार १३:५७
;

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा भएको सुनुवाईमा अदालतले कुनैपनि आदेश नदिएको हो ।

संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार सुनुवाईमा भएको थियो ।

इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएको छ । तर अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अब यी सबै रिटमा शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*