नेकपाको संसदीय दलको नेता बन्दै प्रचण्ड

हेटौडा न्युज
८ पुष २०७७, बुधबार १०:३९
;

काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरूको बैठक बोलाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले विघटित प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरूको बैठक बोलाएका हुन् ।

बैठक संसद भवन नयाँ बानेश्वरमा बस्ने छ भने बैठकले संसदीय दलको नेता चयन गर्ने जनाइएको छ ।

संसद भवनमा बस्ने बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने जनाइएको छ ।

यसअघि मंगलबार बसेको सो समुहको केन्द्रिय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको थियो ।

यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो ।

मंगलबार बसेको नेकपाको वहुमत केन्द्रीय कमिटी बैठकले विभिन्न १० वटा महत्पूर्ण निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*