नेकपा अध्यक्षमा माधवकुमार नेपाल

हेटौडा न्युज
७ पुष २०७७, मंगलवार १७:४८
;

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष माधवकुमार नेपाल बनेका छन्। मंगलबार राजधानीमा भएको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट बर्खास्त गर्दै ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

आजको बैठकमा ४ सय ४७ मध्ये ३ सय १५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ।

उक्त बैठकले आजैदेखि लागू हुने गरी प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*