नेकपाको अध्यक्षबाट केपी ओली आउट

मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाइएको छ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालसहितको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो ।
मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले प्रधानमन्त्री समेत रहेका ओलीलाई कारबाही गर्ने निर्णय समेत गरेको छ ।
उक्त बैठकमा नेकपाको ४ सय ४७ सदस्यीय केन्द्रीय कमिटीका ३ सय १० भन्दा बढी सदस्य सहभागी थिए ।