नेकपाको माधिवेशन मंसिर २ मा गर्ने ओली समूहको निर्णय

हेटौडा न्युज
७ पुष २०७७, मंगलवार १३:५४
;

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशनको मिति तय गरेको छ । ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकले पार्टीको महाधिवेशन आगामी मसिंरमा गर्ने निणर्मय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा उनले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीयमा ५ सय ५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव अनुमोदन गरे, जसलाई बैठकलाई अनुमोदन गरेको छ ।

बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ भने पर्सि ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*