नेबि संघले संसद विघटनको विरुद्ध हेटौंडामा प्रदर्शन गर्ने

मकवानपुर । नेबि संघ मकवानपुरले संसद विघटनको विरुद्ध हेटौंडामा प्रदर्शन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ (नेबि संघ) मकवानपुरले प्रधानमन्त्री केपी ओलिको संसद विघटन गर्ने निर्णयको विरुद्धमा प्रदर्शन गर्ने भएको हो ।
आइतबार (आज) २ बजे पार्टी कार्यलयबाट जुलुससहित विरोध प्रदर्शन गर्ने भएको हो ।
हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट सुरु हुन प्रदर्शन सिमा चोक पुगि कोणसभा गरिने बताइएको छ ।