विवेकशील साझाले बालुवाटारमा प्रदर्शन गर्ने

काठमाडौं । विवेकशील साझा पार्टीले आज (आइतबार) बालुवाटारमा प्रदर्शन गर्ने भएको छ। आज ३ बजे विवेकशील साझाले आज (आइतबार) बालुवाटारमा प्रदर्शन गर्ने भएको हो ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै त्यसको विरोधमा पार्टीले प्रदर्शन गर्न लागेको हो।
विवेकशीलले देशका अन्य भागमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।
संसद विघटन गर्न सिफारिस गरेपछि यसको चौतर्फी विवाद भइरहेको छ।
नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीले पनि देशभरका प्रहरीलाई हाईअलर्टमा बस्न निर्देशन दिएका छन्।