प्रतिनिधिसभाको चुनाव वैशाख २३ गते गर्न सिफारिस

हेटौडा न्युज
५ पुष २०७७, आईतवार १३:२९
;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २३ गते मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटन र प्रतिनिधिसभाको अर्को चुनाव वैशाख २३ गते गर्न सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभा विघटनको ६ महिनाभित्र अर्को चुनाव गर्न यस्तो सिफारिस गरिएको जनाइएको छ ।

संसद विघटनका लागि मन्त्रिपरिषदको सिफारिससँगै निर्वाचनको मितिसमेत तोकेर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका थिए।

शीतलनिवासमा वैशाख २३ र २९ चुनाव गर्नेबारे छलफल भएको जनाइएको छ ।

राष्ट्रपतिलाई संसद विघटन र चुनाव सिफारिश गरेर प्रधानमन्त्री ओली शीतलनिवासबाट फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*