मन्त्रिपरिषद् बैठक बस्दै

हेटौडा न्युज
२ पुष २०७७, बिहीबार १३:२९
;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार (आज) साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने जनाइएको छ ।

सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्ष समेत प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए ।

सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्न लागेको बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*