कांग्रेस सभापति देउवा हेटौंडा आउने

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा मंसिर २९ गते हेटौंडा आउने भएका छन् । मंसिर २९ गते गर्ने विरोध प्रदर्शनमा सभापति देउवासंगै प्रवक्ता विश्वप्रकास शर्मा पनि हेटौंडा आउने भएका हुन् ।
नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बाँनियाले सभापति देउवा र प्रवक्ता शर्मा हेटौंडा आउने कार्यक्रम तय भएको बताएका हुन् ।
कांग्रेस मकवानपुरले मंसिर २९ गते हेटौंडामा सरकारको विरोध प्रदर्शनमा १० हजार मानिस उतार्ने बताएको छ ।
कांग्रेस मकवानपुरले हेटौंडाको चारै दिशाबाट एकैपटक र्यालीसहित विरोध प्रदर्शनका लागि आफ्ना सबै समितिहरुलाई निर्देशन समेत दिइ सकेको छ भने चारै दिशाको नेतृत्वसमेत विभाजन गरिसकेको जनाएको छ ।