बजेटको ८३ प्रतिशत तलबमा गएपछि कसरी हुन्छ विकासः चित्रबहादुर केसी

हेटौडा न्युज
२५ मंसिर २०७७, बिहीबार १६:४१
;

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले तिरेको करको थोरै अंशमात्र देश विकाशमा खर्च हुने बताएका छन् । रुपन्देहीमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले जनताले तिरेको करको ८३ प्रतिशत खर्च तलब, भत्ता र संरचनामा हुने गरेको बताएका हुन् ।

उनले जनताको करको १७ प्रतिशत बजेटले मात्र विकासमा खर्च हुने गरेको बताए । उनले १७ प्रतिशत बजेटले विकासमा कति काम हुन्छन् भन्दै प्रतिप्रश्न गरे ।

उनले हिजो जनता सडकमा आएपछि पन्चायत, राणा, राजाहरुलाई परास्त गरेको सम्झदै जनताहरुलाई संघीयताको विरुद्द सडकमा आउन अपिलसमेत गरे ।

संघीयताकै कारण गणतन्त्र गुम्ने खतरा बढेको भन्दै गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि संघीयता र भ्रष्टाचारको बिरोध गर्नुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*