भूमि समस्या समाधान गर्न आयोगलाई सरकारले सहयोग गर्छः मुख्यमन्त्री पौडेल

मकवानपुर । भूमि सम्बन्धि समस्या समाधान आयोगको आयोजनामा भूमि सम्बन्धि समस्या समाधानका लागि स्थानीय तहसंगको समझदारी पत्रमा हस्ताक्षर तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोगले भूमि सम्बन्धि समस्या समाधानका लागि २८ वटा स्थानिय तहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
बागमती प्रदेश भुमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयको समन्वय तथा व्यवस्थापनमा भएको समझदारीपत्रमा हस्ताक्षर र अभिमुखीकरण कार्यक्रममा प्रदेशका सिन्धुलीको ५, ललितपुर २, रामेछाप २, मकवानपुरको ४, चितवन ६, धादिङ २, सिन्धुपाल्चोक ३, काभ्रे ३ र नुवाकोटको १ वटा गरी २८ स्थानीयतहका प्रमुख, उप–प्रमुख र प्रशासकीय अधिकृतको सहभागीतामा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
आयोगले यसअघि चितवनको रत्ननगर नगरपालिका र मकवानपुरको बागमती गाउँपालिकाका भूमिहीनको समस्या समाधानका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले भूमि सम्बन्धि समस्या समाधानका लागि आयोगलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । सरकार भूमि सम्बन्धि समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले वर्षौंदेखिको विद्यमान समस्याको रुपमा रहेको भूमि सम्बन्धी समस्या अब समाधान हुने बताए । ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयाँलले भूमिहिन जनताको काम गर्नकै लागि अहिले कम्युनिष्टहरु एक भएको बताए । उनले सर्वहारा नागरिकको भूमिसम्बन्धि मौलिक हक प्राप्तीको लागि सरकार प्रतिबद्ध रहेको बताउँदै तिन तहको सरकारको समन्वयमा भुमि सम्बन्धि समस्यासमेत हल हुने बताए ।
कार्यक्रममा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले भूमि सम्बन्धि समस्या समाधानमा लागि तिनै तहका सरकारका प्रमुखहरुले इमान्दारीतापूर्वक काम गर्नुपर्ने बताए । सरकारले वास्तविक भूमिहिनहरुको हक सम्बोधन गर्नेमा आफुले विश्वास लिएको उनले बताए ।
कार्यक्रममा बाल्दै भुमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले हाल सम्म भूमि समबन्धि समस्या समाधानका लागि १३ वटा आयोग गठन भएको तर समस्या जस्ताको तस्तै रहेको बताए । उनले कानुनि बाधाका कारण यस अधिका आयोगले काम गर्न नसकेको समेत बताए ।
गत बैशाख २६ गतेदेखि देशभरबाट भूमिहिनहरुकको तथ्याङ्क संकलन गरिएकोमा ३ सय ४छ स्थानिय तहले मात्र तथ्याङ्क पठाएको अध्यक्ष ज्ञवालीले बताए ।
देशभर १४ लाख परिवार भूमिहीन रहेको जानकारी गराउँदै अध्यक्ष ज्ञवालीले भने आयोगले गरेका कामको आगामी असार मसान्तसम्म नतिजा आउने गरी भूमिहीनको समस्या समाधानका लागि १सय ८६ वटा स्थानीय तहसंग समझदारीपत्रमा हस्ताक्षर गरेको बताए ।