बागमती प्रदेश सभाबाट ५९ वटा विधेयक पारित

हेटौडा न्युज
२५ मंसिर २०७७, बिहीबार १५:१४
;

मकवानपुर । बागमती प्रदेश सभाबाट ५९ वटा विधेयक पारित भएको छ । ६० विद्ययकमध्य प्रदेश सभाबाट ५९ वटा विधेयक पारित भएको छ भने एक वटा विधेयक प्रदेश सभा समितिमा छलफलको क्रममा रहेको छ ।

बागमती प्रदेश सभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकरी दिइएको हो । प्रदेश सभामा दर्ता भएका ६० विधेयकमध्ये सडक सम्बन्धी विधेयक पारित हुन बाँकी रहेको बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले बताए ।

त्यस्तै बागमती प्रदेशसभाको सातौं अधिवेशन पुस तेस्रो साता बस्ने तयारी गरिएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश सभा सचिवालयद्वारा प्रकाशित प्रदेशसभाबाट पारित गरिएको विधेयक संग्रहसहितको एकिकृत टेलिफोन डाइरेक्ट्री सार्वजनिक गरिएको छ ।

प्रदेशसभाकोे पहिलो अधिवेशनदेखि छैठौं अधिवेशनसम्म पार गर्दा १ सय ७६ वटा बैठक सम्पन्न भएको छ । प्रदेशसभाको छैठौं अधिवेशनमा मात्रै २४ वटा बैठक बस्नुका साथै ७ वटा परामर्श समितिको बैठकमा छलफल गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*