संघीयता खारेजीको माग गर्दै हेटौंडामा राप्रपाको र्याली

हेटौडा न्युज
१९ मंसिर २०७७, शुक्रबार १६:४७
;

मकवानपुर । हेटौंडामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजसंस्थाको पुनःस्थापना र संघीयताको खारेजीको माग गर्दै मोटरसाइकल र्याली निकालेको छ । राप्रपा मकवानपुरको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा संघीयता विरुद्धको नारासहित मोटरसाईकल र्याली निकालिएको हो ।

र्यालीमा संघीयता खारेज गर, राजसंस्था सहितको प्रजातन्त्र कायम गरौं, सनातन हिन्दु धर्म राष्ट्र कायम गरौं जस्ता नारा लगाएका थिए ।

मोटरसाइकल र्याली जिल्ला पार्टी कार्यालयबाट शुरु भई हेटौंडाको शितलमहल चोक सिमा चोक, बसपार्क, जिलला प्रहरी कार्यालय हुँदै नगर परिक्रमा गरी पुनः सिमा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा राप्रपाका केन्द्रिय सदसयहरुले सम्बोधन गरेका थिए ।

र्याली प्रहासनको अनुमती बिना नै भएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले र्याली गर्न राप्रपाले अनुमति माग गरेको भएपनि अनुमति नदिईएको प्रमुख जिलला अधिकारी गोविन्द रिजालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*