सचिवालय बैठकको बीचमै बाहिरिए वामदेव

हेटौडा न्युज
१६ मंसिर २०७७, मंगलवार १६:३८
;

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम जारी सचिवालय बैठकबाट बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सचिवालय चलिरहेका बेला पार्टी उपाध्यक्ष गौतम बैठकबाट बाहिरिएका हुन्।

झण्डै तीन घण्टा बैठकमा सहभागी भएका उपाध्यक्ष गौतम बालुवाटारबाट बाहिरिएका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाको कारण देखाउँदै नगएपछि बालुवाटारमा सारिएको थियो।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*