बागमती प्रदेशसभाको सभाहलको शिलान्यास

मकवानपु्र। बागमती प्रदेश सभाको सभाहल निर्माण कार्य शुरु भएको छ । बागमती प्रदेशका सभामुख सानुुकुमार श्रेष्ठले आज हेटौंडा १० टिसिएनमा रहेको प्रदेशसभा भवनसंगै सभा हलको शिलान्यास गरेका हुन् ।
कुल ४ करोड ३७ लाख २४ हजार रुपैयाँ लागतमा सभा हलको निर्माण कार्य शुरु गरिएको हो । २ सय ५० जना अट्ने क्षमताको सभाहल एक सय ४० मिटर लम्बाइ र ८० फिट चौडाइ रहेको छ ।
समय भन्दा अगाडीनै काम सक्ने गरि काम गर्न सभामुख श्रेष्ठले निर्देशनसमेत दिएका छन् । प्रदेशका सबैजसो भवन एकै स्थानमा बनाउने तयारी रहेको उनले बताए ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले तीन तहकै सरकार मिलेर काम गरेर देखाउने चरणमा लागेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले अहिलेकै सांसदले प्रयोग गर्न सक्नेगरी छिटो सभाहल निर्माण सक्न आग्रह गरेका छन् ।