बुटवलमा अर्थमन्त्री पौडेललाई कालो झण्डा

हेटौडा न्युज
१० मंसिर २०७७, बुधबार १३:१२
;

रुपन्देही । अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाएका छन् । बुधबार नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीका कार्यकर्ताले मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन् ।

मन्त्री पदसँग लुम्बिनी प्रदेशको राजधानी साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)ंमा कालो झण्डा देखाएका हुन् ।

पौडेलविरुद्ध तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । विरोध प्रदर्शनपछि नेपाली कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले विकास निर्माणका काममा कांग्रेसको समर्थन भए पनि राजधानी सारेकामा कांग्रेसले विरोध गरेको जनाए ।

यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए । मंगलबार रुपन्देही पुगेका पौडेल रुपन्देहीमा २ दिन विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*