देशकै पहिलो रेल सेवाका भवन जीर्ण, संरक्षणको पर्खाईमा

हेटौडा न्युज
२ मंसिर २०७७, मंगलवार १७:०१
;

मकवानपुर । नेपालमा पहिलो पटक तत्कालिन श्री ३ चन्द्र शमशेर जबराको पालामा विक्रम सम्वत १९८४ (सन् १९२७) मा भारतको रक्सौलबाट बाराको अम्लेखगञ्जसम्म करीब रेल सेवा शुरु भएको इतिहास छ । त्यसबेला नेपाल गभर्नमेन्ट रेलवे (एनजीआर) को नामबाट रेल सेवा सञ्चालनमा रहेको थियो ।

बाफबाट चल्ने १२ डिब्बाका रेलको नेपालमा अन्तिम बिन्दु (स्टेशन) अम्लेखगञ्जमा रहेको थियो । भारत तथा तेश्रो मुलुकबाट आयात गर्नु पर्ने मालसामान रेलमा आउने गर्दथ्यो र ती सामान राख्ने ठूलाठूला गोदाम घर समेत रहेका थिए । नेपाल बाहिर जानु पर्दा सोही रेल चढेर बाराको अम्लेखगञ्जबाट करीब ३९ किलोमिटरको यात्रापछि भारतको रक्सौल पुगिन्थ्यो ।

ब्रिटेनको रेल उत्पादक कम्पनी बियर, मयूरद्वार निर्मित रेल सेवा सञ्चालन हुँदा अम्लेखगञ्जमा निर्माण भएका संरचनाहरु जीर्ण हुँदै गएका छन् ।

त्यस रेल सेवाका टिकट घर, गोदाम घर, रेलको लिक सबै बेवारिशे अवस्थामा रहेका छन् । ती संरचनाहरु संरक्षणको पर्खाईमा आजपनि सम्बन्धित निकायको प्रतिक्षामा रहेका छन् ।
तस्वीरहरुः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*