१ सय ४ परिवारलाई लायन्सको खाद्यान्न सामग्री
मकवानपुर । मकवानपुरमा सामाजिक कार्यमा कृयाशील रहेको लायन्स तथा लियो क्लबहरुले राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरको कैलाश गाउँपालिकाका विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।
बढ्दो कोरोना संक्रमणको जोखिमका कारण समस्यामा परेका १ सय ४ परिवारलाई लायन्स क्लब इनटरनेशनल ३२५ बी २ नेपाल एरिया २ को आयोजनामा राहत वितरण गरिएको हो ।
“हामी सेवा गछौं” भनने नारा बोकेको मकवानपुरका लायनस तथा लियो कलबहरुले गाउँपालिकाका अति विपन्न र सुत्केरी परिवार विजया दशमीको उपल्क्षयमा राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको लायन्स कलब इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया २ का सचिव जे.पी यादवले जानकारि दिए ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको लायन्स तथा लियो कलबहरुले यस अघि पनि समस्य परेका परिवारलाई राहत उपलबध गराउदै आएको थियो ।