हुप्रचौरमा ४७ लाख लगानीमा रनिङ ट्रयाक
मकवानपुर । हेटौंडाको हुप्रचौरमा रनिङ ट्रयाकको निमार्ण हुने भएको छ । हेटौंडा–४ हुप्राचौरमा शनिबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बाहदुर महतले रनिङ ट्रयाकको शिलान्यास गरेका हुन् ।
उपमहानगरपालिकाको ४७ लाख रुपैयाँ लगानीमा सो चौरमा रनिङ ट्र्याक निर्माण गर्ने कार्य सुरु गरिएको हो ।
विभिन्न खेृलकुदका गतिविधि हुने गरेको सो चौरमा दैनिक सयौं मानिसहरु मर्निङवाक गर्न आउने गरेका छन् । विभिन्न संस्थाका खेलकुद गतिविधिसंगै ज्येष्ठ नागरिकहरुको घुम्ने ठाउँ भएकोले ट्रयाक निर्माण गर्न आवश्यक भएको मेयर महतले बताए ।
७ सय ४० मिटर रनिङ ट्रयाकसहित १५ वटा चौतारो निर्माण गरिने र राती हिँड्डुल गर्न सहजताका लागि २० वटा बत्ती जडान गरिने बताइएको छ ।