बाबुराम, वैद्य र विप्लवलाई नेकपामा आउन प्रचण्डको आग्रह

हेटौडा न्युज
१५ आश्विन २०७७, बिहीबार १६:३०
;

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकतामा आउन आग्रह गरेका छन् । बिहीबार विप्लव र अन्य पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले एकतामा आउन आग्रह गरेका हुन् ।

तत्कालीन माओवादी केन्द्रबाट पुटेर अलग भएका डा‍ बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई छलफलमा आउन आग्रह गरेका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अहिलेको सन्दर्भमा एकता नै बल भएकाले विभाजित भएकाहरुलाई नेकपामै समाहित हुन् आह्वान गरेका हुन्।

अध्यक्ष प्रभण्डले कम्युनिस्ट पार्टीमा बहस र छलफल निरन्तर भइरहने बताए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*