ओली–दाहालबीच भेटवार्ता सुरू

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने बताइएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार भने प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि केही समय कुर्नुपर्ने धारणा राखेका छन्।