सामुदायिक क्याम्पसका समस्याबारे अन्तरक्रिया सम्पन्न

हेटौडा न्युज
६ आश्विन २०७७, मंगलवार २०:५८
;

मकवानपुर । समुदायको चासो र सक्रियतामा संचालित सामुदायिक क्याम्पसका समस्या र समाधानका उपायहरुबारे सरोकारवालाहरुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया गरेका छन्। हाल नेपालमा करीब ५ सय वटा सामुदायिक क्याम्पसहरु सञ्चालनमा रहेका छन् भने यस्ता शैक्षिक संस्थामा रहेका विभिन्न समस्याका बारेमा अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले समुदायका हरेक समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको र प्रदेश सरकारले प्रदेश बिश्वबिद्यालय स्थापना गर्न कार्यदल गठन गरि काम शुरु गरिसकेको बताएका छन् । मुख्यमन्त्री पौडेलले सामुदायिक क्याम्पसको समस्याहरु समाधानका उपाय समेतको अपेक्षा रहेको धारणा व्यक्त गरेका थिए ।

अन्तरक्रियामा पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय महासचिव नरेन्द्र कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए । डा. दिलनाथ दँगालले सँयोजन तथा सञ्चालनमा भएको कार्यक्रममा हेटौंडा क्याम्पसका उपप्राध्यापक अर्पण पराजुलीले शैक्षिक क्षेत्रको समग्र अवस्थाका बारेमा धारणा व्यक्त गरेका थिए ।

अन्तक्र्रिया कार्यक्रममा जुम एप्लिकेशन मार्फत सञ्चालन गरिएको थियो । सामुदायिक क्याम्पसका समस्याबारे अन्तरक्रिया प्रदेश १ र प्रदेश ५ मा समेत गरिने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*