बामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथग्रहण गरेका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारस्थित कृषि समितिको हलमा गौतमलाई सदस्यको शपथग्रहण गराएका हुन् ।
यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी थिइन् ।