नेकपाको सचिवालय बैठक पेरिसडाँडामा बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पेरिसडाँडामा बस्ने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल पार्टी सञ्चालनमा केन्द्रित हुने जिम्मेवारी पाएसँगै पेरिसडाँडामा सचिवालय बैठक राखिएको हो । सचिवालय बैठक शुक्रबार (असोज २ गते) बोलाइएको छ ।
पार्टीमा देखिएको विवाद मिलाउन उपाध्यक्ष बामदेव गौतमले प्रस्तुत गरेको सुझावमा अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालय धुम्बाराहीमा गर्नुपर्ने उल्लेख थियो ।