कुलमानलाई पुनर्नियुक्ति नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो: मिश्र

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनः नियुक्ति नदिनु भ्रष्ट राजनीतिको चरम नमुना भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै कुलमानले असाधरण काम गरेको भन्दै उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति नभई भ्रष्ट राजनीतिको चरम नमूना भएको बताएका हुन् ।
‘धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करार सेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुसीसाथ नवीकरण गरिन्छ। ‘विज्ञापन गर्छौँ, तिमीले फेरि निवेदन देऊ’ भनिँदैन। कुलमानजीले त असाधारण काम गरेका हुन्। उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो’, मिश्रले ट्विटमा लेखेका छन् ।