श्राद्धको प्रसाद खाँदा एकको मृत्यु, १९ जना बिरामी

हेटौडा न्युज
३१ भाद्र २०७७, बुधबार १२:४१
;

धनगढी । श्राद्धको प्रसाद खाँदा एक जनाको मृत्यु भएको छ भने १९ जना बिरामी परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका– १० खमौरामा २७ गते स्थानीय भीम विष्टका घरमा गरिएको श्राद्धमा प्रसाद खाएकाहरू बिरामी भएका हुन् ।

प्रसाद खाएका १८ वर्षीय सुरेश बोहराको मृत्यु भएको हो । बिरामी परेकाहरूमध्ये १२ सेती प्रादेशिक अस्पतालमा, ३ जना नवजीवन अस्पतालमा, २ जनाको माया मेट्रो अस्पताल धनगढीमा र २ जनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको जनाइएको छ ।

सेती प्रादेशी अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले ‘फुड प्वइजनिङ’ भएर उनीहरू बिरामी परेको बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*