मन्त्रीपरिषदको बैठक साँझ पाँच बजे, कुलमान र वामदेवबारे निर्णय हुन सक्ने

हेटौडा न्युज
२९ भाद्र २०७७, सोमबार १२:२०
;

काठमाडौं । मन्त्रीपरिषदको बैठक साँझ पाँच बजे बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

कुलमानलाई पुनः नियुक्ति गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइसकेको स्रोतले जनाएको छ ।

आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गरेका छन् ।

त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*