नेकपाले मंसिरभित्र सदस्यता नविकरण गरिसक्ने

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १८:११
;

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संगठन विभागले पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । पार्टी विवाद साम्य भएलगत्तै आइतबार संगठन विभागको बैठक बसेर सदस्यता नविकरणबारे यस्तो निर्णय गरेको हो ।

अब पार्टी सदस्यता नवीकरणका लागि परिपत्र जारी हुने पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल जानकारी दिएकी छिन् ।

पार्टी विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा राखेको प्रस्तावमा पनि मंसिर मसान्तभित्र नवीकरण गर्ने उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*