नेकपा स्थायी कमिटी बैठकबाट बाहिरिए ओली

हेटौडा न्युज
२६ भाद्र २०७७, शुक्रबार १३:३८
;

काठमाडौं । लामो समयपछि बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।

पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालनको जिम्मा लगाएर ओली बैठकबाट बाहिरिएका हुन् ।

उनी अपराह्न बैठकमा उपस्थित हुने जानकारी गराएर बाहिरिएका थिए ।
आजको बैठकमा दुवै अध्यक्षको प्रस्ताव प्रस्तुत गर्ने र पास गरेर सक्ने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*