महानगरीय अपराध महाशाखाका सात प्रहरीमा कोरोना पुष्टि

हेटौडा न्युज
२६ भाद्र २०७७, शुक्रबार १३:०३
;

काठमाडौं । महानगरीय अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । महाशाखाका एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरूलाई नेपाल प्रहरी अस्पताल, दुई नम्बर गणको आइसोलेसन र होम आइसोलेसनमा राखिएको छ महाशाखाका एसएसपी दीपक थापाले बताए ।

महाशाखाका २२ जनाको स्वाब परीक्षण गराउँदा ७ जनामा संक्रमण देखिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*