हेटौंडाका ४२ सहित मकवानपुरमा थप ५१ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२५ भाद्र २०७७, बिहीबार १९:५५
;

मकवानपुर । मकवानपुरमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ४२ जना, राक्सिराङ गाउँपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना, बकैया गाउँपालिकाका १ जना र सिन्धुलीका १ जना रहेका छन् ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमित मध्ये १७ जना महिला र ३४ जना पुरुष रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा–१ का ४ जना, हेटौंडा २ का १ जना, हेटौंडा–४ का ३ जना, हेटौंडा–५ का ५ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रका १७ जना मजदुर र कर्मचारी, हेटौंडा–९ का ९ जना, हेटौंडा–११ का १ जना, हेटौंडा–१३ का १ जना, मकवानपुरगढी गाउँपालिका-३ का १ जना, बकैया गाउँपालिका-४ का १ जना, राक्सिराङ गाउँपालिकाका ६ जना र सिन्धुली जिल्लाका १ जना रहेका छन् ।

१ सय ४६ जनाको स्वाबको नमुना परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितको विवरण:
हेटौंडा-१ का ३८, ४५, ३४ वर्षीया महिला र ४२ वर्षीय पुरुष
हेटौंडा-२ का ३३ वर्षीय पुरुष
हेटौंडा-४ का ५१ वर्षीया महिला र ४६, ४४ वर्षीय पुरुष
हेटौंडा-५ का २१, ५२ वर्षीया महिला र ३३, ५२, ११ वर्षीय पुरुष
हेटौंडा-७ की २७ वर्षीय महिला
हेटौंडा-८ का ३४, ३५, ३६, ३७, २५, ३७, ३०, २५, २५ र ३३ वर्षीय पुरुष
हेटौंडा-९ का २९, ४७, ५७ वर्षिया महिला र ३८, २८, ४५, ३३, ६०, २५ वर्षीय पुरुष
हेटौंडा-११ की ३० वर्षीया महिला
हेटौंडा-१३ का ५५ वर्षीय पुरुष
मकवानपुरगढी-३ का ४३ वर्षिय पुरुष
राक्सिराङका- ६३ वर्षीया महिला र ३२, ४०, ४६, ६०, ६५ वर्षीय पुरुष
बकैया-४ का ४७ वर्षीय पुरुष
सिन्धुलीकी- २१ वर्षीया महिला

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*