एसिड प्रहार गर्नेविरुद्ध नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

हेटौडा न्युज
२५ भाद्र २०७७, बिहीबार १५:१३
;

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न अध्यादेश मार्फत् नयाँ कानुन बनाउने बताएका छन् ।

प्रधानमन्त्री ओलीले १५ दिनभित्र कानुनको मस्यौदा बनाउन कानुनमन्त्री र सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा १२ जना एसिड पीडितसँग भेट गरेका थिए ।

प्रधानमन्त्री ओलीले एसिड पीडितलाई वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने , पीडितको सम्पूर्ण खर्च सरकारले गर्ने घोषणासमेत गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*