नेकपाका नेता-कार्यकर्ताले सामाजिक सञ्जालमा एक-अर्काविरूद्ध लेख्न नपाउने

काठमाडौं । नेकपाले आफ्ना नेताकार्यकर्तालाई एक/अर्काविरुद्ध सामाजिक सञ्जालमा लेख्न नपाउने गरी निर्देशन दिने भएको छ ।
भोलि शुक्रबार बस्ने नेकपा स्थायी कमिटी बैठकमा पेश हुन लागेको राजनीतिक प्रस्तावमा पार्टीभित्रको अराजकता, अनुशासनहीनता एवं गुटबन्दीको नियन्त्रण गर्न जरूरी रहेको उल्लेख गरिएको छ ।
गत १३ भदौमा स्थगित बैठक भोलिका लागि बोलाइएको हो । बैठकमा पेश हुने प्रस्ताव अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारिसकेका छन् ।